In Uncategorized

हिमालयन अर्गानिक सेलिब्रेटी कम्पनी प्रा. लि.

परिचय

कृषि प्रविधिको विकास र प्रयोगका कारण नेपालको कृषि प्रणालीमा पनि परिर्वतन आएको छ । कृषिबाट धेरै पटक र बढी उत्पादन लिनका लागि रसायनिक मल तथा कीटनाशक विषादीको प्रचलन बढ्दो छ । ती रसायनिक तथा विषादी पदार्थहरु प्रयोग गरी उव्जेका खाद्यवस्तुहरुले हाम्रो बजारलाई पुरै ढाकेका छन् । त्यस्ता खाद्यवस्तुहरुले मानिसको भोक त मार्दछन् तर स्वास्थ्यमा नकारात्मक समस्याहरु उब्जाउँछन् । त्यसैले विश्वका साथै हाम्रो नेपालमा पनि त्यस्ता खाद्यवस्तुहरुको  उपभोग गर्दा हुने समस्याहरु दिन प्रतिदिन बढीरहेको पाइन्छ । मानिसको आहारा स्वस्थ जीवनको लागि हुनुपर्छ न कि स्वास्थ्य समस्याहरु उब्जाउनका लागि । त्यसैले  मानिसले स्वस्थबद्र्धक र गुणस्तरीय खाद्यवस्तुहरु उपभोग गर्नु पर्छ । यसो गर्न हामीले रसायनिक तथा विषादी प्रयोग नगरिने गुणस्तरीय तथा अर्गानिक खाद्यवस्तुहरुको उत्पादन र उपभोग गर्नुपर्छ । यही आवश्यकतालाई महशुस गरी हिमालयन अर्गानिक सेलीब्रेटी कम्पनी स्थापना भएको हो । यसले गुणस्तरीय तथा अर्गानिक खाद्यवस्तुहरु देशविदेशका उपभोक्ता र विश्व बजारमा पु¥याउन प्रयाश गर्दैछ । यस कम्पनीले बजारमा ल्याउने खाद्यवस्तुका सबै उत्पादनहरु देशविदेशका सम्बन्धित निकायबाट गुणस्तर प्रमाणीकरण गरिन्छन् । यस कम्पनीका उत्पादनहरुमा स्वाद र बास्ना ल्याउन कुनै कृत्रिम तत्वको प्रयोग तथा मिसावट गरिएको छैन । उत्पादनलाई संचय गर्ने सहयोगी तत्व र रङ स्वास्थ्यका लागि हानिकारक छैनन् । र हरेक उत्पादनका लेवलमा तयारी मिति र प्रयोग अवधी उल्लेख गरिएका छन् । त्यसैले हाम्रो यस हिमालयन अर्गानिक सेलीब्रेटीबाट बिक्री गरिने सबै उत्पादनहरु गुणस्तरीय र स्वस्थकर छन् ।

हिमालयन अर्गानिक सेलीब्रेटीका उत्पादनहरु
चिया 

  • १. सिल्बर टी
  • २. ह्वाईट टी र स्नो ह्वाईट
  • ३.  गोल्डेन टी
  • ४. ब्याग टी
  • ५. ग्रीन टी
  • ६. ब्ल्याक टी
  • ७.  तुलसी हर्बल टी
  • ८.  ज्यास्मिन टी
  • ९.  लेमन ग्रास टी
  • १०. अन्य अर्थोडक्स टी हरु

कफी 

  • १. ग्रीनबीन कफी
  • २. रोस्टेडबीन कफी
  • ३. कफी पाउडर

अचारहरु

  •  अकबरे खुसार्नी लगायत अमला, कागती, लप्सी, मेथी, अदुवा, लसुन, मिक्स भेज आदि ।

अन्य उत्पादनहरु

  • १. चौरी तथा गाईको छुर्पी
  • २. गाई तथा भँैसीको शुद्ध घीउ
  • ३. उच्च पहाडी भेगको शुद्ध मह
  • ४. च्याउको सुकुटी
  • ५. सिस्नोको धुलो
  • ६. अकबरे खुसार्नी

अर्गानिक ग्रीन टी ःयो माङमालुङ्ग चिया बगानबाट उत्पादित चिया हो । यो बगान नेपालको ६,९०० फिटको उचाईमा रहेको ईलाम जिल्लामा छ । यो चिया हिमाली स्वच्छ हावामा झुलेका ऋबmभििष्ब कष्लभकष्क  जातका चियाका बोटका कोमल मुनाहरुलाई प्राकृतिक तरिकाले वाष्पिकृत गरी उत्पादन गरिन्छ । यो फर्मेन्टेशन नगरिएको चिया हो   यस वगानको चियाको उत्पादन तथा प्रशोधन प्रक्रियामा कुनै पनि रासायनिक मलहरु तथा बिषादीहरुको प्रयोग गरिदैनन् । तर, रोग तथा कीरा नियन्त्रणका लागि जैविक उपायहरु अवलम्बन गरिन्छन् । चिया प्रशोधनमा पनि कृत्रिम रङ तथा वासनाको प्रयोग गरिएको छैन । हाम्रा उत्पादनहरुको अवस्था र गुणस्तर सम्बन्धी अग्र्यानिक, हाईजेनिक र भेजिटेरियन प्रमाणित गरिन्छन् । यी कार्यहरु जैविक कृषि ९इचनबलष्अ ब्नचष्अगतिगचभ० लाई अनुगमन, निरीक्षण र प्रमाणिकरण गर्ने संस्था एचफो नेपाल र युनिभर्सल हाईजेनिक फुड सर्टिफिकेशन रिसर्च काउन्सीलबाट हुने गर्दछ ।

उपयोगिता

  • क्यान्सर रोग लाग्नबाट बचाउनका लागि सहयोग गर्दछ ।
  • उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ ।
  • हानीकारक कोलेस्टेरोल ९ीम्ी० को मात्रा नियन्त्रणमा भरपुर सहयोग गर्छ ।
  • रगतमा चिनीको मात्रा घटाउनमा सघाउ पु¥याउँछ ।
  • खानाको विषाक्तपनलाई नियन्त्रण गर्न सहयोग गर्छ ।
  • नियमित सेवनले छालाको क्यान्सर हुनबाट बचाउने काममा सहयोग गर्छ ।
  • स्मरणशक्ति बढाउन मद्दत पु¥याउँछ । ड्ड बुढ्यौलीपन कम देखाउनमा मद्दत पु¥याउँछ ।
  • मोटोपन घटाउनमा सघाउ पु¥याउँछ । ड्ड दाँतलाई मजबुत बनाउनमा सहयोगी हुन्छ ।
  • श्वास गन्हाउने, गिँजा तथा मुख सम्बन्धी अन्य रोगहरुको रोकथाममा समेत सहयोग पु¥याउँछ ।
  • मुटु सम्बन्धी रोगहरुको लागि अत्यन्त उपयोगी देखिएको छ ।
  • कब्जियत हटाई पाचन प्रणालीलाई सक्रिय बनाउन सहयोग गर्छ ।
  • प्रदुषणबाट हुने विकारयुक्त रसायनलाई निष्प्रभाव पार्न मद्दत पु¥याउँछ ।
  • पेट तथा आन्द्रामा बढी अम्ल जम्मा हुन नदिई ग्याष्ट्रि«क हुनबाट बचाउन सहयोग पु¥याउँछ ।

ख्याल गर्नुपर्ने कुराहरु
ग्रीन टी सेवन गर्दा कसैकसैलाई पेट वाउडिएको जस्तो तथा वाकवाकी लागे जस्तो हुन सक्छ । यसर्थड्ड रेडियसन थेरापी गराइरहेका बिरामीहरुले यो चिया नपिउनुहोस् । ड्ड गर्भवती अवस्थाका सुरुवाती ३ महिना र अन्तिम २ महिनामा यो चिया नपिउनुहोस् ।यो चिया सेवन गर्नु अघि एक ग्लास पानी वा दुध पिउनु भए वाकवाकी लाग्दैन ।

 

हिमालयन अर्गानिक सेलीब्रेटी कम्पनीले प्राप्त गरेका गुणस्तरीय प्रमाणपत्र

हाईजेनिक सर्टिफिकेट — भेजिटेरियन सर्टिफिकेट — अग्र्यानिक सर्टिफिकेट

स्वास्थ्य नै धन हो । यस भनाईलाई मानिसले मनन गरी ब्यवहारमा उतार्यो भने धेरै भन्दा धेरै रोगबाट बच्न सक्दछन ।

मानिसले आफ्नो ब्यक्तिगत जीवन लगायत सामाजिक र पारिवारिक पक्षहरु सुन्दर, स्वस्थ, समृद्ध र आनन्दमयी बनाउनका लागि आहार विहारमा ध्यान दिनै पर्ने हुन्छ ।

तुलसी चियाका फाईदाहरु ः
लाग्छ कि थालमा (खाना खाने) खाना होईन बिष पस्कीई राखिएको छ । खाना खाने बेला लाग्छ कि नखाउँ भने दिनभरीको शिकार खाउँ भने कान्छा बाउँको अनुहार । किन कि खाना नखाउँ त बाँच्ने कसरी खाउँ त खानामा विश्वास छैन ।त्यसैले आजको जल्दोबल्दो र अति नै आवश्यक विषय भनेको गुणस्तरीययुक्त र अर्गानिक खाद्य वस्तु उत्पादन गर्नु हो ।

उद्देश्यहरु

(क) कृषिमा आधारित कृषकहरुको जीवनस्तर उकास्नका लागि आधुनिक जैविक तथा अर्गानिक खेती प्रणालीको विकास गर्ने ।

(ख) नेपालको भौगोलिक तथा हावापानीको विविधता अनुसार आधुनिक वैज्ञानिक प्रणाली अनुसार बिभिन्न जडीबुटी तथा वनस्पतिहरु लगायत अर्गानिक, हाईजेनिक अन्न बाली, तरकारी, बिउ बिजनहरुको खेती गर्ने ।

(ग) नेपालका बिभिन्न स्थानहरुमा उत्पादन भएको अर्गानिक खाद्य वस्तुहरुको संकलन गरी शहरहरुका बिभिन्न स्थानहरुमा अर्गानिक तथा हाईजेनिक खाद्य संकलन तथा बिक्रि बितरण केन्द्रहरु सञ्चालन गर्ने ।

(घ) चिया, कफी, सजिवन, जडिबुटी तथा बनस्पतिहरुको खेती एवं उदाहरणीय अर्गानिक कृषि फार्महरु सञ्चालन गर्ने ।

च) अत्याधुनिक एवं वैज्ञानिक प्रविधिबाट गुणस्तरयुक्त अर्गानिक अर्थोडक्स तथा सि.टि.सी. चिया उत्पादन, संकलन, प्रशोधन तथा प्याकेजिड.्ग गरी बिक्रि बितरण गर्ने ।

ज) दैनिक उपभोग्य खाद्य सामाग्रीहरु, चिया मसला, तुलसी चिया, जडीबुटी चिया, अचार लगायतका उत्पादन, संकलन र बिक्रि बितरण गर्ने ।

झ) बिभिन्न फलफूल र आयुर्वेदिक अर्गानिक हाईजेनिक जुसहरु उत्पादन, संकलन तथा बिक्रि बितरण गर्ने ।

ट) अर्गानिक कृषि उद्योगलाई सघाउँ पुर्याउने किसिमका हाईजेनिक, अर्गानिक खाद्य वस्तुहरु संकलन एवं बिक्रि केन्द्र, अर्गानिक सेलीब्रेटी कफी कल्ब सञ्चालन लगायत कृषि खाद्य प्रदर्शनी, कृषक सम्मान साथै कृषि पर्यटन जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने ।

ठ) स्वदेशी कृषि उत्पादनलाई विश्वब्यापी बनाउनका लागि अर्गानिक, हाईजेनिक कृषि प्रणालीको अध्ययन, अनुसन्धान गरी कृषकहरुलाई तालिम र गुणस्तरीय खाद्य वस्तुहरु उत्पादन, संकलन र बजार ब्यवस्थापन सम्बन्धीका स्वदेश तथा विदेशमा हुने तालिम, गोष्ठी, सेमीनार, अन्तरसम्वाद जस्ता कार्यक्रमहरुमा भाग लिने तथा यस्ता कार्यक्रमहरुको आयोजना गर्ने ।

Recent Posts

Leave a Comment

Contact Us

We're not around right now. But you can send us an email and we'll get back to you, asap.

Not readable? Change text. captcha txt